काठमाडौँ। बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार १५.४१ अंक घटेर १९६९.०२ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ०.३९ अंक बढेर १९६९.४१ विन्दुमा पुगेको छ।
बुधबार प्रि ओपन सेसनमा २२ स्टकको २४ लाख ६७ हजार ३५२ रुपैयाँबराबरको ३ हजार ६३८ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १० स्टकको मूल्य बढेको छ भने १० स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया