काठमाडौँ। आज बुधबार सेयर बजार ०.१५ अंकले बढेको छ । शेयर बजार ०.१५ अंकले बढेर १९६९.१७ विन्दुमा आएर बन्द भएको हो ।
आज ३१३ कम्पनीको ३६ हजार ४८३ पटक भएको कारोबारमा ७२ लाख ८४ हजार २७२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९९८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये ११३ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको सेयर मूल्य घटेको छ भने १५ वटा कम्पनीको स्थिर रहेको छ ।
प्रतिक्रिया