काठमाडौँ। साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ७.६० अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३.२४ अंक घटेर १९६५.९३ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ७.६० अंक बढेर १९७३.५३ विन्दुमा पुगेको छ।
आइतबार प्रि ओपन सेसनमा ४८ स्टकको २३ लाख ७२ हजार १४५ रुपैयाँ ८५ पैसाबराबरको ४ हजार २७७ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ३६ स्टकको मूल्य बढेको छ भने ८ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया