वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसुचकमा झिनो अंकको बृद्धि हुँदा कति भयो कारोबार ?

अर्थलगानी
२०८१ बैशाख १७, सोमबार

काठमाडौँ। आज सोमबार सेयर बजार ०.०७ अंकले बढेको छ । शेयर बजार ०.०७ अंकले बढेर १९८०.३४ विन्दुमा आएर बन्द भएको हो ।

आज ३१७ कम्पनीको ४६ हजार ५११ पटक भएको कारोबारमा ७३ लाख ४१ हजार १७७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार ५०१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ९९ कम्पनीको सेयर मूल्य बढ्दा १२८ कम्पनीको सेयर मूल्य घटेको छ भने १७ वटा कम्पनीको स्थिर रहेको छ ।

सोमबार तीन कम्पनिको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज पोखरा फाइनान्स, जानकी फाइनान्स र नेपाल फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको हो। त्यसैगरी, आज गुराँस लघुवित्तको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ। कारोबारमा आएको पिपुल्स पावरको शेयरमूल्य यस दिन सर्वाधिक ६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज १७ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आज नेपाल फाइनान्सको साढे १४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने जानकी फाइनान्सको कारोबार रकम ९ करोड नाघेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज सोमबार सेयर बजार ०.०७ अंकले बढेको छ । शेयर बजार ०.०७ अंकले बढेर १९८०.३४ विन्दुमा आएर बन्द भएको हो । आज ३१७ कम्पनीको ४६ हजार ५११ पटक भएको कारोबारमा ७३ लाख ४१ हजार १७७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार ५०१ रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका मध्ये ९९ कम्पनीको सेयर मूल्य बढ्दा १२८ कम्पनीको सेयर मूल्य घटेको छ भने १७ वटा कम्पनीको स्थिर रहेको छ । सोमबार तीन कम्पनिको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज पोखरा फाइनान्स, जानकी फाइनान्स र नेपाल फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको हो। त्यसैगरी, आज गुराँस लघुवित्तको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ। कारोबारमा आएको पिपुल्स पावरको शेयरमूल्य यस दिन सर्वाधिक ६ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा आज पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज १७ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आज नेपाल फाइनान्सको साढे १४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने जानकी फाइनान्सको कारोबार रकम ९ करोड नाघेको छ।