काठमाडौँ। आज मंगलबार सेयर बजार २५.९३ अंकले बढेको छ । शेयर बजार २५.९३ अंकले बढेर २००६.२८ विन्दुमा आएर बन्द भएको हो ।
आज ३२० कम्पनीको ७५ हजार २७१ पटक भएको कारोबारमा १ करोड १८ लाख ३८ हजार १५० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये २१५ कम्पनीको सेयर मूल्य बढ्दा २६ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको स्थिर रहेको छ ।
आज दुई स्टक कम्पनिको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ। आज कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको हो। त्यस्तै, आज ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने बोटलर्स नेपाल (तराई) को शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। पछिल्ला दिनहरुमा सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको पोखरा फाइनान्सको शेयरमूल्य भने यस दिन सर्वाधिक ७.१८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा आज शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको आज १८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आज पोखरा फाइनान्सको १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने गोर्खाज फाइनान्सको कारोबार रकम १६ करोड नाघेको छ।
प्रतिक्रिया