काठमाडौँ। शेयर बजार बिहीबार ओरालो लागेको छ । नेप्से परिसूचक ७.३१ अंकले घटेर १९९८.९६ को विन्दुमा बन्द भएको छ ।
बजार घट्दा ७८ कम्पनीको शेयरभाउमात्रै बढेको छ भने १६१ कम्पनीको घटेको छ । आज ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ ।
बजारमा आज ४ अर्ब १३ करोड रुपैयाँ बढीको कारोबार भएको छ। उच्च कारोबार भने आइएमई लाइफको भएको छ ।
आज उच्च कारोबार भएका कम्पनीहरु
- आइएमई लाइफः २८ करोड ७७ लाख रुपैयाँ
- पोखरा फाइनान्सः २१ करोड ७८ लाख रुपैयाँ
- गोर्खाज फाइनान्सः १५ करोड ८० लाख रुपैयाँ
- शाइन रेसुंगा डेभलमेन्ट बैंकः १३ करोड १७ लाख रुपैयाँ
- नेपाल फाइनान्सः १० करोड ५६ लाख रुपैयाँ
- मल्टीपर्पस फाइनान्सः ७ करोड १७ लाख रुपैयाँ
- फर्स्ट माइक्रोफाइनान्सः ५ करोड ९३ लाख रुपैयाँ
- आरएसडीसी लघुवित्तः ५ करोड ६५ लाख रुपैयाँ
- शिवम सिमेन्टः ५ करोड ६४ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ५ करोड ५९ लाख रुपैयाँ
प्रतिक्रिया