वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अप्रिलमा मात्र १ लाख ११ हजार बढी पर्यटक नेपाल भित्रिए, कुन देश बाट कति ?

अर्थलगानी
२०८१ बैशाख २१, शुक्रबार

काठमाडौँ। नेपालमा पर्यटक आगमनमा वृद्धि हुदै गइरहेको छ । सन् २०२४ को अप्रिल महिनामा १ लाख ११ हजार ३ सय ७६ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

सन् २०२३ को अप्रिलमा ९८ हजार ७ सय ७३ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ को अप्रिलको तुलनामा २०२४ को अप्रिलमा यो संख्या १२.७६ प्रतिशतले बढी हो ।

अप्रिलमा सबैभन्दा बढी भारतबाट ३० हजार १ सय ५८ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । अमेरिकाबाट ९ हजार ९ सय ४७, चीनबाट ९ हजार ७ सय ५० र बेलायतबाट ५ हजार ३ सय ९१ जना नेपाल भ्रमणमा आएका छन् । त्यसैगरी अस्ट्रेलियाबाट ४ हजार १ सय १०, बंगलादेशबाट ४ हजार ३, फ्रान्सबाट ३ हजार ७ सय ५५ जनाले नेपाल घुमेका छन् ।

यसअघि मार्चमा १ लाख २८ हजार १ सय ७६ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

२०२४ को पहिलो तीन महिना (जनवरी, फेब्रुअरी र मार्च) मा ३ लाख ४ हजार ६ सय ९३ विदेशी पर्यटक भ्रमणमा आइसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपालमा पर्यटक आगमनमा वृद्धि हुदै गइरहेको छ । सन् २०२४ को अप्रिल महिनामा १ लाख ११ हजार ३ सय ७६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२३ को अप्रिलमा ९८ हजार ७ सय ७३ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ को अप्रिलको तुलनामा २०२४ को अप्रिलमा यो संख्या १२.७६ प्रतिशतले बढी हो । अप्रिलमा सबैभन्दा बढी भारतबाट ३० हजार १ सय ५८ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । अमेरिकाबाट ९ हजार ९ सय ४७, चीनबाट ९ हजार ७ सय ५० र बेलायतबाट ५ हजार ३ सय ९१ जना नेपाल भ्रमणमा आएका छन् । त्यसैगरी अस्ट्रेलियाबाट ४ हजार १ सय १०, बंगलादेशबाट ४ हजार ३, फ्रान्सबाट ३ हजार ७ सय ५५ जनाले नेपाल घुमेका छन् । यसअघि मार्चमा १ लाख २८ हजार १ सय ७६ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । २०२४ को पहिलो तीन महिना (जनवरी, फेब्रुअरी र मार्च) मा ३ लाख ४ हजार ६ सय ९३ विदेशी पर्यटक भ्रमणमा आइसकेका छन् ।