वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनएमबि लघुवित्तको नाफा ८९.८० प्रतिशतले घट्यो

अर्थलगानी
२०८० जेष्ठ २, मंगलवार

काठमाडौँ। एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा चालु आर्थिक वर्ष २०७९÷८० को तेस्रो त्रैमाससमा आउँदा घटेको छ। समिक्षा अवधिमा संस्थाले १ करोड १५ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ८९.८० प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म संस्थाले ११ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यो अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ९० प्रतिशतले घटेर १ करोड ६१ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १६ करोड १३ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि २५.८५ प्रतिशतले घटेर २५ करोड ९६ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ३५ करोड १ लाख रुपैयाँ थियो।

चुक्तापुँजी ६५ करोड ५८ लाख रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमाससम्म २ अर्ब ७१ करोड रुपैयाँ सापटी लिई ५ अर्ब २३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिमा संस्थाले ३ अर्ब १४ करोड रुपैयाँ सापटी लिई ५ अर्ब ९४ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

यो अवधिमा संस्थाको रिजर्भको आकार २८.०७ प्रतिशतले बढेर २२ करोड ७८ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा १७ करोड ७९ लाख रुपैयाँ रहेको थियो।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ८.९७ प्रतिशत पुगेको छ। गत वर्ष एनपीएल ४.०६ प्रतिशत थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १७.२० रुपैयाँबाट घटेर १.७५ रुपैयाँमा झरेको छ। पीई रेसियो ३३५.६३ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १६४.७३ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा चालु आर्थिक वर्ष २०७९÷८० को तेस्रो त्रैमाससमा आउँदा घटेको छ। समिक्षा अवधिमा संस्थाले १ करोड १५ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ८९.८० प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म संस्थाले ११ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ९० प्रतिशतले घटेर १ करोड ६१ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १६ करोड १३ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि २५.८५ प्रतिशतले घटेर २५ करोड ९६ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ३५ करोड १ लाख रुपैयाँ थियो। चुक्तापुँजी ६५ करोड ५८ लाख रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमाससम्म २ अर्ब ७१ करोड रुपैयाँ सापटी लिई ५ अर्ब २३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिमा संस्थाले ३ अर्ब १४ करोड रुपैयाँ सापटी लिई ५ अर्ब ९४ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो। यो अवधिमा संस्थाको रिजर्भको आकार २८.०७ प्रतिशतले बढेर २२ करोड ७८ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा १७ करोड ७९ लाख रुपैयाँ रहेको थियो। संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ८.९७ प्रतिशत पुगेको छ। गत वर्ष एनपीएल ४.०६ प्रतिशत थियो। संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १७.२० रुपैयाँबाट घटेर १.७५ रुपैयाँमा झरेको छ। पीई रेसियो ३३५.६३ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १६४.७३ रुपैयाँ रहेको छ।