वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आशा लघुवित्तको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति ?

अर्थलगानी
२०८१ बैशाख २४, सोमबार

काठमाण्डौँ।  आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा ३ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा १७.४८ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले ३ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

संस्थाले नाफासँगै खुद ब्याज आम्दानी समेत बढाएको छ । तेस्रो त्रैमाससम्म संस्थाले ३१ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ७१.५६ प्रतिशतले धेरै हो । अघिल्लो आवमा संस्थाले १८ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

संस्थाको खुद सञ्चालन आम्दानी पनि १०२.४३ प्रतिशतले बढेर ४१ करोड ७३ लाख रुपैयाँ पुगेको छ । संस्थाले कर्मचारीका लागि २७ करोड २२ लाख र अन्य सञ्चालनका लागि ८ करोड ५५ लाख रुपैयाँ खर्च गरेको छ ।

संस्थाको रिटेन्ड अर्निङ २०.७२ प्रतिशतले बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १० करोड २१ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङ बढेर १२ करोड ३३ लाख रुपैयाँ पुगेको छ । संस्थाको रिजर्भको आकार पनि २४ करोड ६६ लाख रुपैयाँबाट बढेर २५ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।

तेस्रो त्रैमाससम्म संस्थाको निक्षेप संकलन र कर्जा प्रवाह दुवै वृद्धि भएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म २ अर्ब ८२ करोड रुपैयाँ रहेको निक्षेप संकलन बढेर २ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै कर्जा प्रवाह पनि ८ अर्ब ९२ करोड रुपैयाँबाट बढेर ९ अर्ब ७३/. करोड रुपैयाँ पुगेको छ ।

संस्थाले इम्पेयरमेन्ट चार्जका लागि २ करोड ४८ लाख रुपैयाँ छुट्टाएको छ । संस्थाको खराब कर्जा अनुपात केहि बढेको छ । संस्थाको खराब कर्जा अनुपात ४.९३ प्रतिशतबाट बढेर ४.९५ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ८.०७ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १५८.९९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५६८.१० रुपैयाँ,मूल्य आम्दानी अनुपात ९१.११ गुणा र तरलता अनुपात २.९९ प्रतिशत कायम भएको छ ।

आशा लघुवित्तको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी