वि.सं. २०८२ असार १०, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लक्ष्मी टेक्नो प्लाष्टले आईपीओ जारी गर्ने

अर्थलगानी
२०८१ बैशाख २५, मंगलवार

काठमाडौँ। लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले आईपीओ निष्काशनको मख्य एजेण्डासहित जेठ १६ गते साधारणसभा आह्वान गरेको हो।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता सेयर निष्काशन गर्ने जनाएको छ। कम्पनीले आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरिसकेको छ । लक्ष्मी टेक्नो प्लास्ट लिमिटेड विसं २०७२ असोज १८ गते प्राइभेट कम्पनी लिमिटेडको रुपमा स्थापित भई कम्पनी ऐन, २०६३ बमोजिम पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो ।

कम्पनीले आईपीओ जारी गर्न नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरिसकेको छ । उक्क्त सम्झौतापत्रमा लक्ष्मीटेक्नो प्लाष्ट लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक अंजनी नन्दन मारु र नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका छन् ।

कम्पनी प्लास्टिकजन्य सामग्री जस्तै सिपिभिसिरपिभिसिपाइप्स तथा फिटिङ्गस्, प्लास्टिक फर्निचरहरु,प्लास्टिकको पानी ट्याड्ढी, औद्योगीक तथा घरायसी प्रयोजनका प्लाष्टिकका बाल्टिनहरु, प्लास्टिक जन्य घरेलु उत्पादनहरू जस्तै डस्टबिन, एयर टाइट जार, साबुनबार बक्स, फ्रिज स्ट्यान्ड, मेलामाइन टेवल वेयर (प्लाष्टिकका थाल, कचौरा, चम्चा) आदि एउटै छातामुनी उत्पादन गर्ने नेपालको पहिलो उत्पादनमुलक उद्योग हो ।

 

१० महिना बित्नै लाग्दा सरकारको आय-व्यय लक्ष्यको ६० प्रतिशत तल

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी