वि.सं. २०८२ असार १०, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

८ खर्ब आम्दानी, १० खर्ब खर्च

१० महिना बित्नै लाग्दा सरकारको आय-व्यय लक्ष्यको ६० प्रतिशत तल

अर्थलगानी
२०८१ बैशाख २५, मंगलवार

काठमाडौँ। चालु आर्थिक वर्षको १० महिना बित्नै लाग्दापनि सरकारको राजस्व र खर्च लक्ष्यको ६० प्रतिशत पनि पुरा हुन सकेको छैन। सरकारले वैशाख २४ गतेसम्म आईपुग्दा ८ खर्ब २९ अर्ब ९६ करोड ९५ लाख रुपैयाँ मात्रै संकलन गरेको छ। यो वार्षिक लक्ष्यको मात्रै ५६.३७ प्रतिशत हो। सरकारले यो वर्ष १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो।
सरकारले समिक्षा अवधिमा राजश्व लक्ष्यको ५६.५८ प्रतिशत मात्रै संकलन गरेको छ। अनुदान लक्ष्यको ६.५२ प्रतिशत मात्रै प्राप्त गरेको देखिन्छ।

सरकारे गति आम्दानी मात्रै नभई खर्चमा पनि उस्तै सुस्त अवस्थामा रहेको छ। समिक्षा अवधिमा वार्षिक लक्ष्यको मात्रै ५७.६५ प्रतिशत खर्च भएको छ। अर्थात यो अवधिमा सरकारले चालु, पुजीँ र वित्त खर्च अन्तर्गत १० खर्ब ९ अर्ब ६१ करोड १४ लाख सञ्चालन गरेको छ। जबकी चालु आर्थिक वर्षमा यस्ता खर्च १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख गर्ने लक्ष्य रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी