काठमाडौँ। सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढी ५ हसनपुरको ऐश्र्वय विद्यानिकेतनमा प्रभाबकारी शिक्षा संचालनका लागि ३ थान प्रोजक्टर हस्तान्तरण गरेको छ ।
आज आयोजित एक कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपालले सो शैक्षिक संस्थाका प्रधानाध्यापक प्रेम निधीओझालाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । प्रधानाध्यापक प्रेमनिधी ओझाले कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई प्रविधि मैत्रीशिक्षा प्रदान गर्नका लागि सो सामाग्रीले मदत पु¥याउने जनाउँदै बैंकको सहयोगका लागि धन्यबाद ज्ञापन गरेका थिए ।
सोही दिनमा आयोजित अर्को एक कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपालले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ३० थान डस्टबिन हस्तान्तरण गरेका थिए । सर्वसाधारणलाई फोहर व्यवस्थित ठाउँमा फाल्न प्रोत्साहन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाका चोक र सडकपेटीमा उक्त डस्टबिन राखी सहयोग गरिएको बैंकका नायबमहा प्रबन्धक नेपालले जानकारी दिएका छन् ।
साथै धनगढी उपमहानगरपालिकाका मेयर गोपालहमालज्यूले सनराइज बैंकको यस सहयागले स्र्माट धनगढी बनाउने परियोजनामा टेवा पु¥याएकोमा खुशी व्याक्त गरे । यसका साथै बैंकले धनगढी त्रिनगर विद्यालयमा विद्यार्थीहरुलाई आफ्ना साइकल सुरक्षित रुपमा राख्न सहजहोस् भनी १०० वटा क्षमताको साइकलस्टायान्ड समेत बनाएको कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया