काठमाडौँ। निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा भारि वृद्धि भएको छ। संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म १७ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २९९.४६ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ४ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३.२६ प्रतिशतले घटेर १ अर्ब ३६ करोड रुपैयाँमा खुम्चिएको छ। संस्थाको कुल सञ्चालन आम्दानी १ अर्ब २१ करोड र सञ्चालन मुनाफा ४३ करोड २० लाख रुपैयाँ रहेको छ ।
यस्तै संस्थाको वितरणयोग्य मुनाफा ८ करोड २६ लाख रुपैयाँ रहेको छ । चुक्तापूँजी २ अर्ब ६१ करोड रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ १८ करोड १६ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । संस्थाको रिजर्भ २ अर्ब ४३ करोड १ लाख रुपैयाँ रहेको छ ।
तेस्रो त्रैमाससम्ममा १९ अर्ब ७७ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले २४ अर्ब ३५ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।
संस्थाको खराब कर्जा अनुपातमा कमी आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १२।०९ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर १०।७७ प्रतिशतमा झरेको छ । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ५० करोड ८२ लाख रुपैयाँ छुट्टाएको छ । ईपीएस २.२५ रुपैयाँबाट बढेर ८.९८ रुपैयाँ पुगेको छ ।
यस्तै संस्थाको प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १०० रुपैयाँ, मूल्य आम्दानी अनुपात ७२.९७ गुणा र तरलता अनुपात १२.५५ प्रतिशत कायम भएको छ ।
प्रतिक्रिया