वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनएमबि लघुवित्त नोक्सानीमा

अर्थलगानी
२०८१ बैशाख २६, बुधबार

काठमाडौँ। एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड नोक्सानीमा गएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्त नोक्सानीमा देखिएको हो। चैत मसान्तसम्ममा लघुवित्त ७ करोड ४९ लाख रुपैयाँ नोक्सानी रहेको देखिन्छ। जबकी गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

सार्वजनीक वित्तीय विवरण अनुसार लघुवित्तको खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी घटेसँगै लघुवित्त नोक्नानीमा गएको देखिन्छ। यो अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३२.४५ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २२.४४ प्रतिशतले घटेको छ।

त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३१.११ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा १ करोड ६१ लाख रुपैयाँ धनात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा ७ करोड ५० लाख रुपैयाँ ऋणात्मक भएको छ।

तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरण योग्य मुनाफा ७ करोड २७ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १३ रुपैयाँ ४५ पैसा ऋणात्मक रहेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८५ पैसा ऋणात्मक रहेको छ।

७२ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १८ करोड ९० लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तले ४ अर्ब ३१ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी