काठमाडौँ। आज बिहिबार सेयर बजार ५.६३ अंकले बढेको छ । शेयर बजार ५.६३ अंकले बढेर १९६६.२३ विन्दुमा आएर बन्द भएको हो ।
आज ३१३ कम्पनीको ४९ हजार ३३२ पटक भएको कारोबारमा ७० लाख ५८ हजार ३९९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १२ करोड १२ लाख ८६ हजार ३६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये ११५ कम्पनीको सेयर मूल्य बढ्दा ११५ कम्पनीको सेयर मूल्य घटेको छ भने १४ वटा कम्पनीको स्थिर रहेको छ ।
प्रतिक्रिया