वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कामिरिता शेर्पाले गरे २७ औँ पटक सगरमाथाको चुचुरो आरोहण

अर्थलगानी
२०८० जेष्ठ ३, बुधबार

काठमाडौं। कामिरिता शेर्पा २७ औँ पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका छन्। शेर्पाले आज बिहान साढे आठ बजे सगरमाथाको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ।

सबैभन्दा धेरै सगरमाथा आरोहण गर्ने कीर्तिमान कामिरिताकै नाममा छ। यसअघि २६ औँ पटक हुँदा पनि उनी नै सर्वाधिक थिए अहिले पनि उनकै नाममा कीर्तिमान थपिएको छ।

५३ वर्षिया शेर्पा सोलुखुम्बुको थामे गाउँमा जन्मिएका थिए। सन् १९९४ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला राखेका कामिरिताको आज २७ औँ पटक पुगेका छन्।

कामीरिता सन् २००९, २०१०, २०१३ र २०१९ मा एकै याममा दुईपटक सगरमाथा आरोहण गरेका थिए।

कामीरितापछि विश्वमै सर्वाधिक सगरमाथा आरोहण गर्ने दोस्रो स्थानमा उनकै जिल्लावासी पासाङ दावा शेर्पा छन्। उनी २६ पटक शिखर पुगेका छन्।यस्तै पासाङ दावा पनि २६ पटक सगरमाथाको चुचुरोमा पुगिसकेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौं। कामिरिता शेर्पा २७ औँ पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका छन्। शेर्पाले आज बिहान साढे आठ बजे सगरमाथाको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ। सबैभन्दा धेरै सगरमाथा आरोहण गर्ने कीर्तिमान कामिरिताकै नाममा छ। यसअघि २६ औँ पटक हुँदा पनि उनी नै सर्वाधिक थिए अहिले पनि उनकै नाममा कीर्तिमान थपिएको छ। ५३ वर्षिया शेर्पा सोलुखुम्बुको थामे गाउँमा जन्मिएका थिए। सन् १९९४ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला राखेका कामिरिताको आज २७ औँ पटक पुगेका छन्। कामीरिता सन् २००९, २०१०, २०१३ र २०१९ मा एकै याममा दुईपटक सगरमाथा आरोहण गरेका थिए। कामीरितापछि विश्वमै सर्वाधिक सगरमाथा आरोहण गर्ने दोस्रो स्थानमा उनकै जिल्लावासी पासाङ दावा शेर्पा छन्। उनी २६ पटक शिखर पुगेका छन्।यस्तै पासाङ दावा पनि २६ पटक सगरमाथाको चुचुरोमा पुगिसकेका छन्।