वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आजबाट सुरु हुँदै बजेट अधिवेशन

अर्थलगानी डेस्क
२०८१ बैशाख २८, शुक्रबार

काठमाडौँ। बजेट अधिवेशन आज वैशाख २८ गतेबाट सुरु हुँदैछ। अधिवेशनको पहिलो बैठकमा आज दिउँसो दुई बजे संघीय संसदको भवन नयाँबानेश्वरमा बस्न लागेको हो।

आज राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने कार्यसूची रहेको छ।

अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सांसदहरुले बैठकलाई सम्बोधन गर्ने छन् । अधिवेशनमा यो आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनका साथै आर्थिक, विनियोजन र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत हुने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी डेस्क

अर्थलगानी डटकम नेपालबाट सञ्चालित सबैभन्दा विश्वासिलो आर्थिक सञ्चार माध्यम हो । आम्दानी, बचत, व्यवस्थापन र लगानीको लागि सहि मार्गदर्शन गर्ने हाम्रो दृढता हो।