वि.सं. २०८२ असार १०, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

युनिलिभर नेपालको २७ करोड नाफा, वित्तिय अवस्था कस्तो ?

अर्थलगानी
२०८१ बैशाख २८, शुक्रबार

काठमाडौँ। युनिलिभर नेपालले चालु आर्थिैक वर्षको तेस्रो त्रैमासमा ४८ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २७ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो।

यो अवधिमा कम्पनीको व्यापारीक आम्दानी बढ्नुका साथै खर्चमा पनि गिरावट आएको हुँदा नाफामा वृद्धि भएको देखिन्छ। गत आर्थिक वर्षको चैतसम्ममा ब्यापार गरेर १ अर्ब ९६ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ९९ करोड ५५ लाख आम्दानी गरेको छ।

चालु आर्थिक वर्षमा कम्पनीले आफ्नो खर्चलाई पनि घटाउदै लगेको छ। गत वर्षको तेस्रो त्रैमाससम्ममा कुल खर्च १ अर्ब ५४ करोड रुपैयाँ रहेकोमा यस वर्ष यस्तो खर्च १ अर्ब ४५ करोड रुपैयाँमा झरेको छ।

चैत मशान्तसम्ममा कम्पनीको कुल चुक्ता पूँजी ९ करोड २१ लाख रुपैयाँ छ भने रिटेर्न अर्निङ ४ अर्ब २६ करोड रुपैयाँ रहेको छ।

कम्पनीको चैतसम्ममा प्रतिशेयर आम्दानी ५२८ रुपैयाँ छ जसलाई वार्षिकिकरण गरेर हेर्ने हो भने उसुको प्रतिशेयर आम्दानी २ हजार २०२ रुपैयाँ छ। उसको प्रतिशेयर नेटवर्थ ३ हजार १६२ रुपैयाँ छ। यो गत वर्षको तुलनामा केहि घटेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी