वि.सं. २०८२ असार १०, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एसियन लाइफ इन्स्योरन्स नाफामा 

अर्थलगानी
२०८१ बैशाख ३०, आईतवार

काठमाडौँ। एसियन लाइफ इन्स्योरेन्लेसले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको नाफा २५४‍.९२ प्रतिशतले बढेर ६९ करोड ११ लाख ६ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १९ करोड ४७ लाख २२ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको खुद बिमा शुल्क आम्दानीका साथै लगानी तथा कर्जाबाट हुने आम्दानी बढेपछि नाफामा सुधार आएको हो । यस कम्पनीको खुद बिमा शुल्क आम्दानी ५ अर्ब ८ करोड १२ लाख ६६ हजार रुपैयाँबाट बढेर ५ अर्ब ६१ करोड ४७ लाख ७८ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २९ रुपैयाँ २० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ १९ पैसा छ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी