वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विन नेपाल लघुवित्त घाटामा

अर्थलगानी
२०८१ बैशाख ३१, सोमबार

काठमाण्डौँ। विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ४७ लाख ७८ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ८०.१५ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले २ करोड ४० लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी ४४.०७ प्रतिशतले बढेको छ । तेस्रो त्रैमाससम्म संस्थाले १ करोड ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । संस्थाको कुल सञ्चालन आम्दानी २ करोड ३ लाख र सञ्चालन मुनाफा २५ करोड ४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ ।

यस्तै संस्थाको रिजर्भ कोषको आकार ४ लाख ३६ हजार रुपैयाँले ऋणात्मक अवस्थामा छ ।

संस्था खराब कर्जा अनुपात उल्लेख्य मात्रामा घटाउन सफल भएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १२.१५ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ४.६५ प्रतिशतमा झरेको छ । संस्थाले सम्भावित घाटाका लागि २४ करोड १३ लाख रुपैयाँ छुट्टाएको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ८.०३ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९९.४५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १२३.७२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १६९.५७ गुणा र तरलता अनुपात ३८.८४ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी