वि.सं. २०८२ असार १०, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रिडी पावर कम्पनीको ७७ लाख कित्ता बढी हकप्रद सेयर सूचीकृत

अर्थलगानी
२०८१ बैशाख ३१, सोमबार

काठमाण्डौँ। नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा ७७ लाख कित्ता बढी हकप्रद सेयर सूचीकृत भएको छ । आज नेप्सेमा रिडी पावर कम्पनी लिमिटेडको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत फागुन १८ गतेदेखि चैत ८ गतेसम्म चुक्तापूँजी १ अर्ब ५४ करोड ४९ लाख १ हजार २०० रुपैयाँबराबरको १ः०।५० अनुपातमा रु.१०० अंकित दरका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद निष्कासन गरेको थियो ।

सोही ५० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै भोलिदेखि उक्त हकप्रद सेयर दोस्रो बजार कारोबारमा आउनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी