वि.सं. २०८२ असार १०, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थलगानी
२०८१ जेष्ठ १, मंगलवार

काठमाडौँ। कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ७५ हजार ३०३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त संस्थापक सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्ने छन् । उक्त सेयरमा आम सर्वसाधारणले आवेदन दिन पाउने छैनन् ।

विद्यमान संस्थापक सेयरधनीहरुले आज जेठ १ गतेदेखि ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड, नक्साल नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालयमा आइपुग्ने गरी आवेदन दिनु पर्ने छ ।

उक्त समयभित्र म्याद भित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर विक्रीको प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ । सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी