वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसूचक ९.५४ अंकले घट्यो, कारोबार रकम कति ?

अर्थलगानी
२०८१ जेष्ठ २, बुधबार

काठमाडौँ। आज बुधबार सेयर बजार ९.५४ अंकले घटेको छ। शेयर बजार ९.५४ अंकले घटेर २०१७.९७ विन्दुमा आएर बन्द भएको हो ।

आज ३१५ कम्पनीको ५५ हजार ८६२ पटक भएको कारोबारमा ८४ लाख ९० हजार ७२२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ६५ कम्पनीको सेयर मूल्य बढ्दा १७२ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको स्थिर रहेको छ ।

आज दुई स्टक कम्पनिको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, आज माण्डु हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशत बढेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ । आज गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो लघुवित्तको शेयरमूल्य यस दिन २३७ रुपयाँ ७० पैसा घटेर २ हजार १३९ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ ।

कारोबार रकमका आधारमा आज पिपुल्स पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ११ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, आज नेपाल फाइनान्सको करिब ११ करोडको शेयर किनबेच भएको छ भने सांग्रिला डेभलपमेन्ट बैंकको करिब ८ करोडको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी