वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मर्जरपछि सामुदायिक लघुवित्तको शेयर कारोबार आइतबारबाट खुल्ने

अर्थलगानी
२०८१ जेष्ठ ४, शुक्रबार

काठमाडौँ। सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार आइतबारबाट खुल्ने भएको छ । साविक सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त एक आपसमा गाभिएपछि बनेको सामुदायिक लघुवित्तको नामबाट शेयर कारोबारमा आउने भएको छ। सामुदायिक लघुवित्तको नामबाट २ लाख ५६ हजार ५० कित्ता शेयर सूचिकरण भएको हो । उक्त सूचिकृत शेयर आइतबारबाट कारोबारमा आउनेछ ।

साविक सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त एक आपसमा गाभिनेर गाभ्ने तथा मर्जर गर्दा कायम हुन आएको १ः०.८५३५ प्रतिशेयर अंकित १ सय रुपैयाँको दरले क्रम संख्या १४ लाख ५२ हजार १ देखि १७ लाख ८ हजार ५० सम्मको कुल २ लाख ५६ हजार ५० कित्ता शेयर धितोपत्र सूचिकरण विनियमावली बमोजिम नेप्सेमा कारोबार हुने भएको हो ।

उक्त शेयरको ओपनिङ रेञ्ज ८८३ रुपैयाँ ९७ पैसा रहेको छ । आइतबार यही मुल्यलाई आधार मानि कम्पनीको शेयर कारोबार खुल्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी