वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसुचकमा २७.५६ अंकको बृद्धि हुँदा ५ अर्ब भन्दा बढिको कारोबार

अर्थलगानी
२०८१ जेष्ठ ७, सोमबार

काठमाडौँ।  आज सोमबार सेयर बजार २७.५६ अंकले बढेको छ । शेयर बजार २७.५६ अंकले बढेर २०९२.०० विन्दुमा आएर बन्द भएको हो ।

आज ३१५ कम्पनीको ८० हजार ९८२ पटक भएको कारोबारमा १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार २१२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १३४ कम्पनीको सेयर मूल्य बढ्दा १०७ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको स्थिर रहेको छ ।

आज ४ स्टक कम्पनिको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज सामुदायिक लघुवित्त वित्तीय संस्था, बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी, भगवती हाइड्रोपावर र नेरुडे मिर्मिरे लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको हो। त्यस्तै, आज बाराही हाइड्रोपावर र एनआईसी एशिया बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको उपकार लघुवित्तको शेयरमूल्य आज सर्वाधिक ७.४० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको आज १९ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, आज सिईडिबी हाइड्रोपावरको करिब १९ करोडको शेयर कारोबार भएको छ भने फस्ट माइक्रोफाइनान्स र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको करिब साढे १३ करोडको शेयर किनबेच भएको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी