वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बोटलर्स नेपाल(तराई)को नाफामा गिरावट, अन्य सुचक कस्ता ?

अर्थलगानी
२०८१ जेष्ठ १०, बिहीबार

काठमाण्डौँ। बोटलर्स नेपाल(तराई)लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म २६ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस कम्पनिको नाफा अघिल्लो आवको तुलनामा २७.५९ प्रतिशतले कम हो । अघिल्लो आव भने कम्पनीले ३६ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले समीक्षा अवधिसम्म बिक्रीबाट ५ अर्ब ८१ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३.०१ प्रतिशतले कम हो ।

कम्पनीको अन्य सञ्चालन आम्दानी १ करोड ५५ लाख रुपैयाँ र वित्त आम्दानी ८३ हजार रुपैयाँ रहेको छ । यो अवधिसम्म कम्पनीको बिक्री तथा वितरण खर्च ९२ करोड २८ लाख रुपैयाँ ऋणात्मक र प्रशासनिक खर्च पनि २० करोड ५१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।

कम्पनीको रिजर्भको आकार ११.१७ प्रतिशतले बढ्दै ३ अर्ब ९८ करोड रुपैयाँ कायम भएको छ । कम्पनीको कुल चालु सम्पत्ति ५ अर्ब १५ करोड र कुल चालु दायित्व ५ अर्ब ९३ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) २८८ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ३ हजार ३९७ रुपैयाँ र पीई अनुपात ४४ गुणा कायम भएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी