काठमाडौँ। साताको पहिलोकारोबारको दिन सेयर बजार २२.१४ अंकले घटेको छ। शेयर बजार २२.१४ अंकले घटेर २१०९.३४ विन्दुमा आएर बन्द भएको हो ।
आज ३१५ कम्पनीको ७० हजार ५८६ पटक भएको कारोबारमा १ करोड १० लाख ४४ हजार ४८५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार ४७१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज २९ कम्पनीको सेयर मूल्य बढ्दा २१५ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ वटा कम्पनीको स्थिर रहेको छ ।
नेप्से घटेपनि आज एक स्टक कम्पनिको शेयरमा भने सकारात्मक सर्किट लागेको छ । आज कालिञ्चोक दर्शन लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, आज सिटि होटलको शेयरमूल्य ८.२४ प्रतिशत बढेको छ भने सनराइज ब्लुचिप फण्डको इकाईमूल्य ८.०९ प्रतिशत बढेको छ। कारोबारमा आएको इन्फिनिटी लघुवित्त र विन नेपाल लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा आज आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको आज १५ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन भएका कारण कारोबार बढेको हो । त्यस्तै, आज सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
प्रतिक्रिया