काठमाडौँ। साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेको छ।
अघिल्लो कारोबारको दिन २२.१४ अंक घटेर २१०९.३४ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा २.३२ अंक बढेर २१११.६७ विन्दुमा पुगेको छ।
सोमबार प्रि ओपन सेसनमा ५० स्टकको ८२ पटकको कारोबारमा १४ लाख ९५ हजार ८५३ रुपैयाँ ५० पैसाबराबरको २ हजार ४१५ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ३१ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया