काठमाडौँ। शेयर बजार सोमबार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ३.९३ अंकले बढेर २११३.२७ को विन्दुमा बन्द भएको छ।
झिनो अंकले बढेको बजारमा १४९ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने ९० कम्पनीको ओरालो लागेको छ। आज ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
हिजोको तुलनामा आज कारोबार भने घटेको छ। आज ३ अर्ब ८९ करोड ३७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ।
आज उच्च कारोबार भएका कम्पनीहरु :
एनआरएन इन्फ्रास्ट्रक्चरः २० करोड ४० लाख रुपैयाँ
सीईडीबी हाइड्रोपावरः १८ करोड ५२ लाख रुपैयाँ
पोखरा फाइनान्सः १८ करोड ४७ लाख रुपैयाँ
हाथवे इन्भेस्टमेन्टः १० करोड ४२ लाख रुपैयाँ
कालिञ्चोक दर्शनः ९ करोड ३२ लाख रुपैयाँ
एनआईसी एसिया बैंकः ६ करोड ९७ लाख रुपैयाँ
शिवम सिमेन्टः ६ करोड ६३ लाख रुपैयाँ
नेपाल वेयरहाउजिङः ६ करोड ५७ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः ६ करोड ३७ लाख रुपैयाँ
हिमालयन लघुवित्तः ६ करोड ३२ लाख रुपैयाँ
प्रतिक्रिया