काठमाडौँ। प्रभु बैंक लिमिटेडका संस्थापक समूहको ६१ हजार ६६२ कित्ता र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक समूहको १६ हजार ५२८ कित्ता संस्थापक शेयर बिक्रिमा राखिएको छ । शेयर संस्थापक शेयरधनी लगायत जोकोही व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउने गरी बिक्रिमा राखिएको हो ।
प्रभु बैंकको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ र स्वावलम्बन लघुवित्तको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ । आवेदकले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । यी शेयरहरूमा बोलकबोल गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
शेयर खरिद गर्न इच्छुकले शर्तहरूको अधिनमा रही काठमाडौंको कमलपोखरीस्थित बिक्री प्रबन्धक लक्ष्मी सनराईज क्यापिटल लिमिटेडमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ । बोलपत्र आज ९वैशाख १६ गते० देखि आउदो असार १८ गते अपरान्ह ३ बजेसम्म पेश गर्न सकिनेछ ।
प्रतिक्रिया