वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेशनल लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

अर्थलगानी
२०८१ जेष्ठ २१, सोमबार
काठमाण्डौँ। नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले २ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ७ हजार ३१२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
यो सेयर खरिद गर्नका लागि आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापकका लागि ३५ दिने सूचना जारी गरिएकोमा कुनै आवेदन प्राप्त नभएकाले सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागिएको संस्थाले जनाएको छ ।
सेयर खरिद गर्न चाहने लगानीकर्ताले सूचना प्रकाशित भएको १० दिनभित्र बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी