वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसुचकमा ६.२२ अंकको बृद्धि हुँदा १२५ कम्पनीको सेयर भाउ बढ्यो

अर्थलगानी
२०८१ जेष्ठ २२, मंगलवार

काठमाडौँ।  आज मंगलबार सेयर बजार ६.२२ अंकले बढेको छ । शेयर बजार ६.२२ अंकले बढेर २०८५.३० विन्दुमा आएर बन्द भएको हो ।

आज ३१५ कम्पनीको ५३ हजार ९९९ पटक भएको कारोबारमा ८३ लाख ५ हजार ७८६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ४७ लाख १५ हजार ८७७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १२५ कम्पनीको सेयर मूल्य बढ्दा ११४ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको स्थिर रहेको छ ।

आज ग्लोबल आइएमई लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज सो लघुवित्तको शेयरमूल्य १३१ रुपैयाँ ५० पैसा बढेर १ हजार ४४६ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, आज नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने महुली लघुवित्त वित्तीय संस्था र हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ । आज बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ५.५१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज २० करोड ९२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आज नेपाल फाइनान्सको करिब १३ करोडको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर र युनाइटेड अजोड इन्स्योरेन्सको करिब १२ करोडको शेयर खरिदबिक्री भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी