वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै नेपाल राष्ट्र बैंक

अर्थलगानी
२०८१ जेष्ठ २४, बिहीबार

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।

आज बिहीबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

आवेदन दिँदा न्यूनतम १० करोड र अधिकतममा ५ करोडले निःशेष भाग जानेगरी कुल निष्काशित रकमसम्मका लागि आवेदन दिन सकिनेछ ।

साँवा र ब्याज भुक्तानी मिति असार ६ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । निक्षेप संकलनमा राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।

Download PDF

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी