वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्रामीण विकास लघुवित्तको बोलयो साधारण सभा

अर्थलगानी
२०८१ जेष्ठ २७, आईतवार

काठमाडौं । ग्रामीण विकास लघुवित्तको वार्षिक साधारण सभाअसार १५ गते बोलाएको छ ।सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्नेगरी प्राधन कार्यालय बुटवलमा बिहान ११ बजे बजेको लागि बोलाएको हो । यस लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश भने नदिने जनाएको छ ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले असार ३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असार २ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी