वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसुचकमा ८.९० अंकको बृद्धि हुँदा १७६ कम्पनीको सेयर भाउ बढ्यो

अर्थलगानी
२०८१ जेष्ठ २८, सोमबार

काठमाडौँ।  आज सोमबार सेयर बजार ८.९० अंकले बढेको छ । शेयर बजार ८.९० अंकले बढेर २०८२.०९ विन्दुमा आएर बन्द भएको हो ।

आज ३१४ कम्पनीको ७१ हजार ९४८ पटक भएको कारोबारमा १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड ६ लाख ९ हजार ७८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १७६ कम्पनीको सेयर मूल्य बढ्दा ६१ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ वटा कम्पनीको स्थिर रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी