वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल लाइफले एकैपटक डाक्यो दुई आ.व.को साधारण सभा

अर्थलगानी
२०८१ जेष्ठ २९, मंगलवार

काठमाण्डौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक आयोजना गर्ने भएको छ । कम्पनीले २३ औं र २४ औं वार्षिक साधारण सभा एकैपटक आयोजना गर्ने भएको हो ।

कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले यी दुई आवको साधारण सभाको मिति तय गरेको छ । बैठकले यी दुवै साधारण सभा आगामी असार १८ गते मंगलबारका दिन वीरगंजमा रहेको होटल भिष्वामा बिहान ९ बजे आयोजना गर्ने निर्णय गरेको छ ।

उक्त सभामा आव २०७९/८० का लागि सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्तापूँजीको २१.०५ प्रतिशत (कर प्रयोजनसहित) का दरले हुन आउने १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९४९ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । साथै, सभामा कम्पनीको सञ्चालक समितिमा संस्थापक समूह (क) का सेयरधनीबाट ३ जना सञ्चालक, सर्वसाधारण समूह (ख) का सेयरधनीका तर्फबाट ३ जना सञ्चालक तथा १ जना स्वतन्त्र सञ्चालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधनको विशेष प्रस्ताव पारित गरिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी