काठमाण्डौँ। एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले ११ औं वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी असार २१ गते शुक्रबारका दिन पोखरामा रहेको होटल बाराही पोखरामा दिनको ११.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा संस्थाको केन्द्रीय कार्यालय रहने ठेगाना सम्बन्धी संस्थाको प्रबन्धपत्रको नियमावली संशोधन गर्ने,संस्थापक तथा सर्वसाधारणतर्फको सेयर संरचना परिवर्तन गर्ने,संञ्चालक समिति सम्बन्धी संस्थाको प्रबन्धपत्र संशोधन गर्ने,अन्य लघुवित्तसँग गाभ्ने/गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र नियमनकारी नियकाटबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।
प्रतिक्रिया