वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विजय लघुवित्तले लाभांश नदिने

अर्थलगानी
२०८१ असार २, आईतवार

काठमाडौँ ।विजय लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । आर्थिक वर्ष २०७९÷८० को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश नदिने कम्पनीको गत असार १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले लाभांश नदिने घोषण सहीत सोही बैठकले वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ मा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको कम्पनीले यो वर्ष भने लगानीकर्ताको हात खाली बनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी