वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

फिल्ली क्याफेको शाखा पुलचोक लबिममल, ठमेल तथा बौद्धमा विस्तार

अर्थलगानी
२०८१ असार १२, बुधबार

काठमाडौँ। एनडी थर्टी नाइनबिजनेस ग्रुप प्रा.लि.ले चियाको पारखी तथा नेपाली चियाको संस्कारलाई बिश्व बजारमा प्रर्बद्धन गर्न र अन्तराष्ट्रिय स्तरको चिया स्वादलाई नेपालीहरु माझ चिनाउन दुबईको सुप्रसिद्ध चिया ब्रान्ड फिल्ली क्याफे नेपालमा भित्राएको छ । पहिलो आउटलेट १४ अप्रिल २०२३ मा काठमाडौंको लाजिम्पाटमा खुलेसँगै लाजिम्पाट लगायत ठमेल, बौद्ध तथा लबिममल – पुलचोकमा गरी आफ्नो ४ आउटलेटहरु बिस्तार गरी एक कार्यक्रमकाबीच फिल्ली क्याफेको औपचारीक समुद्घाटन गरेको छ।

कार्यक्रममा प्रमुख अतिथी रहि फिल्ली –संस्थापक, सिईओ फिल्ली क्याफे, फिल्ली क्याफे नेपालका सञ्चालकद्धय नविन खड्का र धुब्र रिजाल, फिल्ली क्याफे नेपालका महा–प्रबन्धक बिक्की खड्का, बिशेष अतिथी महानायक राजेश हमाल, बिशेष अतिथी क्रिकेटर सोमपाल कामी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । फिल्ली क्याफेले चियाको पारखीहरुका लागि४ ओटा शाखाहरु मार्फत सेवा सञ्चालनमा ल्याएको छ । चााडै नै पर्यटकीय नगरी पोखरामा समेत शाखाबिस्तार सहित आगामी ५ बर्षमा नेपाल अधिराज्य भर २५ ओटाभन्दा बढीशाखा सञ्चालनमा ल्याउने योजना रहेको फिल्ली क्याफे नेपालका सञ्चालक नविन खड्काले जानकारी गराए ।

युवाहरु बिदेशीने बढ्दो क्रमलाई मध्यनजर गर्दै स्वदेशमै हस्पिट्यालिटि बिजनेशमा रोजगारीको अवसर सृजना गरी युवालाई स्वदेशमै स्वाबलम्बन हुन अभिप्रेरित गर्ने उद्धेश्यसहित दक्ष जनशक्ति र सिप अभिमुखिकरणका लागि फिल्लीका आउटलेटहरुले अवसर प्रदान गर्ने लक्ष्य कम्पनिले लिएको छ । यस बाहेक आफ्नै बेकरी उत्पादन, सेंटल किचेन र बारिस्टा कोर्सहरुको पनि तयारी गरिरहेको कम्पनीका सञ्चालक धु्रब रिजालले बताए ।

बढ्दो चिया संस्कृतिलाई आत्मसात गर्दै फिल्ली क्याफे आफनै विशेष स्वाद पस्कदै ग्राहकहरुको मन जित्न सफल भएको छ । जैविक उत्पादन र ताजा पारस्परिक तरिकामा पकाइएको खाना,उत्कृष्ट सेवा र आकर्षक इन्टेरिएर एवम् कोलाहल मुक्त वातारणले गर्दा आफु यस क्याफेको रेगुलर ग्राहक भएको बिशेष अतिथि महानायक राजेश हमालले बताए ।

रफिह फिल्लीले काठमाडौंमा फिल्ली क्याफे ल्याउन पाउँदा हर्षित रहेको बताए। चिया पारखीहरुका आकर्षक गन्तव्य बन्नेमा हामी ढुक्क रहेको बताए। आकर्षक इन्टेरिएर डिजाइन तथा समाजिक भेटघाट तथा शहरका पायक पर्ने स्थानहरुमा फिल्लीका आउटलेटहरु सञ्चालनमा आएका छन् जसले गर्दा चियाका पारखीकाहरुका लागि यो क्याफे बिशेष रोजाइमा परेकोछ ।

दुबई मा एक सानो स्थानीय क्याफेको रूपमा शुरू भई चिया प्रेमीहरूलाई सेवागर्दै, हाल १५ ओटा देशहरुमा आफनो चेन बिस्तार तथा स्थापित गरिसकेको फिल्ली आज चियाको लागि प्रतिष्ठित नाम हो । आज, फिल्ली यस्को सिग्नेचर ’जाफ्रान टी’ को लागि परिचित छ, जुनचियाकोे अनुपम मिश्रण हो । साथै फिल्ली क्याफेले विभिन्न प्रकारका खाजा र पेय पदार्थहरू पनि समावेश गर्दछ ।

आइस्ड चिया, मिल्कशेकमकटेल, बनकबाब, स्यान्डविच, मोमो लगायतका मेनुले भारतीय तर मध्यपूर्वी खानाका स्वादहरुलाई पूरा गर्दछ । यूएई, ओमान, कतार, संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, भारत र मौरिससमा गरी करिब १५ ओटा देशहरुमाआफ्नो बलियो उपस्थितिको साथअहिले नेपालमा ४ ओटा शाखा सहितसञ्चालनमा रहेको फिल्ली क्याफे संसारभरि एक प्रसिद्ध र प्रिय चिया ब्रान्डको रुपमा परिचित छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी