वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सूर्योदय वोमी लघुवित्तको एफपीओमा कहिलेदेखि पाईन्छ आवेदन दिन?

अर्थलगानी
२०८१ असार २७, बिहीबार

काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आगामी साउन ४ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने घोषणा गरेको छ। संस्थाले ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँका ४६ हजार ७२९.५४५० कित्ता एफपीओ सेयर निष्कासन गर्न लागेको हो।

सूर्योदय र वोमी लघुवित्त मर्ज भएर बनेको यो संस्थाको चुक्तापूँजी ९१ करोड ७ लाख ८२ हजार ५०८.५० रुपैयाँ रहेको छ। संस्थापक सेयरधनीको स्वामित्व ७०.३६ प्रतिशत र सर्वसाधारणको स्वामित्व २९.६४ प्रतिशत रहेकोमा, सर्वसाधारणको हिस्सालाई ३० प्रतिशत पुर्‍याउन एफपीओ जारी गर्न लागिएको हो।

राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति प्रदान गर्दा दिएको निर्देशनअनुसार कुल जारी पूँजीको कम्तिमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकाले यो कदम उठाइएको हो।

एफपीओ निष्कासन साउन ८ गते बन्द हुने छ भने ढिलोमा साउन १८ गते बैंकिङ समयसम्म जारी रहनेछ। एफपीओमा न्यूनतम १० कित्ताको लागि आवेदन दिन सकिनेछ भने अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले संस्थालाई ‘केयर एनपी बीबी (आइएस)’ रेटिङ प्रदान गरेको छ, जसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको ुमेरो सेयरु अनलाइन सफ्टवेयरमार्फत आवेदन दिन सक्नेछन्। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।

एफपीओ निष्कासनको यो अवसरले सर्वसाधारणलाई संस्थाको स्वामित्वमा सहभागिता बढाउन र वित्तीय क्षेत्रको विकासमा योगदान गर्न मद्दत पुर्‍याउनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी