काठमाडौँ। नेपाल राष्ट्र बैंकको ताजा आँकडाअनुसार, असार २७ गते बैंकिङ प्रणालीमा ५ अर्ब रुपैयाँले निक्षेप संकलन बढेर ६४ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ। गत असार २६ गतेसम्म यो रकम ६४ खर्ब ५७ अर्ब रुपैयाँ थियो।
वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि ३ अर्बले बढ्दै ५७ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ, जबकि अन्य वित्तीय संस्थाको निक्षेप संकलन १ अर्बले बढेर ७ खर्ब २९ अर्ब पुगेको छ।
तर, निक्षेप संकलन बढेपनि कर्जा प्रवाह स्थिर रहँदै ५१ खर्ब ५० अर्ब रुपैयाँमै कायम रहेको छ। वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि ४५ खर्ब ५५ अर्बमै स्थिर छ। यस अवधिमा सीडी रेसियो ७७.७५ प्रतिशतबाट घटेर ७७.६९ प्रतिशतमा सीमित भएको छ भने अन्तर बैंक ब्याजदर २.९८ प्रतिशतबाट घटेर २.९३ प्रतिशतमा पुगेको छ।
प्रतिक्रिया