वि.सं. २०८२ जेष्ठ २९, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गुल्मीको मालिका गाँउपालिकामा १.५ करोड लगानीमा खुल्यो सुविधा सम्पन्न होटल

अर्थलगानी
२०८१ श्रावण १, मंगलवार

काठमाडौँ । गुल्मीको मालिका गाँउपालिकामा १.५ करोड लगानीमाअहिले सम्मकै सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याइएको छ ।आन्तरिक वाह्य पर्यटक भित्राउने उद्देश्यले महिला उद्यमी गिता अर्यालले सुविधा सम्पन्न मनिषा होटल सञ्चालनमा ल्याएकी हुन् ।
उनका अनुसार १करोड ५० लाख लगानीमा बनेको सो होटल मंलबार (श्रवण १गते )देखि औपचारिक रुपमा सञ्चालनमा आएको हो

विगत १० वर्षअघि देखि अर्खवाङको आरुपाटामा सञ्चालन भइरहेको मनिष होटललाई स्थानान्तरण गरी १करोड ५० लाख लगानीमा होटल सञ्चमानमा ल्याएको होटल सञ्चालिका अर्यालले दावि गरेकी छन् ।

आन्तरीक तथा वाह्य पर्यटकलाई लक्षित गदैं सञ्चालनमा ल्याईएको मनिषा होटलमा एसी सहितको डिलक्स रुम , सेमिनार हल , किचन सहितको अट्याच रुम र प्रशस्त पार्किङ्ग सुविधा रहेको छ ।

त्यस्तै लामो समयसम्म बस्ने पाहुना वा अरुले पकाएको नखाने धार्मिक व्यक्तिहरुले किचन सहितको अट्याच रुममा आफै पकाएर खाने वस्ने सुविधा समेत रहेको संञ्चालीकाको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी