वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर बजारमा सकारात्मक बन्द, नेप्से २.१५ अंकले बढ्यो

अर्थलगानी
२०८१ श्रावण ७, सोमबार

काठमाडौँ ।सोमबार सेयर बजार दिनभरको उतारचढावपछि अन्ततः सकारात्मक बनेर बन्द भएको छ। नेप्से सूचक २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा बन्द भएको हो।

सोमबार सुरुवाती कारोबारमा नेप्से सूचक २५०० को मनोवैज्ञानिक विन्दु माथि उक्लिएको थियो। यद्यपि, दिनभर उतारचढाव कायमै रह्यो। नेप्से सूचकले इन्ट्रा डे मै ३ पटक २५०० को मनोवैज्ञानिक विन्दु पार गर्न प्रयास गरेको थियो। विश्लेषकहरूको अनुमान अनुसार, यस विन्दु पार गरेमा नेप्सेले नयाँ उचाई तय गर्न सक्छ।

सोमबार १३ करोड ९१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १३ मध्ये ७ वटा समूहका सूचक बढेका छन्। पछिल्लो समय आम लगानीकर्ता उत्साहित हुँदा बजारमा वृद्धिको यात्रा जारी छ। सूचकसँगै कारोबार रकममा पनि तेजी आएको छ।

सोमबार तुलनात्मकरूपमा बिक्रेताहरु पनि हावी देखिए। फलस्वरूप कारोबार अवधिमा पटकपटक नेप्से करेक्सन पनि भयो। तर, अल्पकालीन कारोबारीले नाफा लिन खोज्दा खरिदकर्ता पनि उत्तिकै सक्रिय रहे।

लगानीकर्तामा हाल सकारात्मक माहोल देखिएको छ। करिब ३ वर्षको बियरिस मार्केटपछि नयाँ लगानीकर्ता पनि बजारमा भित्रिन थालेका छन्। बजार सुधारका लागि सरकार र केन्द्रीय बैंकको प्रतिबद्धता तथा लचिलो मौद्रिक नीतिका कारण लगानीकर्ता उत्साहित बनेका छन्।

कम्पनीहरुको चौथो त्रैमासको वित्तीय रिपोर्ट आउन थालेको छ, जसले बजार वृद्धिमा थप टेवा पुर्‍याउन सक्छ। विशेषज्ञहरूले लाभांश दिने, सबल वित्तीय सूचक भएका कम्पनीमा लगानी गर्दा जोखिम कम हुने र लाभ बढी लिन सकिने सल्लाह दिएका छन्।

बजारमा करेक्सन आउँदा पनि नयाँ उचाई लिने गर्छ, त्यसैले लगानीकर्ताले योजनाबद्ध तरिकाले अघि बढ्नुपर्ने जानकारहरूले बताएका छन्।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी