काठमाडौँ। लुम्बिनी केबलकारले मर्निङ अफर सार्वनीक गरेको छ। केबलकारले साउन १४ देखि भदौ मसान्तसम्म सोमबारका दिनहरू लागु हुनेगरि ५० प्रतिशत छुटको यो योजना सार्वजनीक गरेको हो।
यो अवधिमा पर्ने ८ वटा सोमबारका दिन बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिदमा साधारण टिकट दरमा ५० प्रतिशत अर्थात हजार पर्ने टिकट ५सयमा उपलब्ध हुने भएको हो। केबलकारको साधारण टिकट दर एक हजार रुपैयाँ छ।
बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिद गर्दा मात्र छुट अफर लागु हुन्छ तर टिकट लिएकाहरू १२ बजेदेखि साँझसम्म आफू अनुकूल समयमा केबलकार चढ्न पाउनेछन्।
सो बाहेक अन्य समयमा भने पुरानै टिकट दर कायम गरिएको छ। यो अफरले आम सर्वसाधारणलाई सस्तो शुल्कमा केबलकार यात्रा तथा प्रख्यात शक्तिपीठ कामाख्या मन्दिर र सय वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माता मन्दिर दर्शन तथा साउनभर जलार्पण गर्ने अवसर मिल्ने कम्पनीले जनाएको छ।
प्रतिक्रिया