काठमाडौँ । आज सोमबार पनि सेयर बजारमा उत्साहका साथ नेप्से सूचक ४०.७६ अंकले बढेको छ । नेप्से विन्दु ४०.७६ अंकले वृद्धि भइ २७९६.३८ अंकमा पुगेको हो।
यस दिन २१ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ११ कम्पनीले सकारात्मक सर्किट लेबलमा कारोबार गरे। बैंकहरूको मुनाफा वृद्धि, सरकारले नीतिगत सुधार ल्याउनु, र ब्याजदर घट्दै जानुजस्ता कारणहरूले बजारमा उत्साह थपेको छ।
यस दिन ३२६ कम्पनीको ४ करोड ९७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भयो। हिमालयन रिइन्सुरेन्स कम्पनी सबैभन्दा बढी कारोबार रकमसहित अग्रस्थानमा रह्यो, जबकि एनआरएन इन्फ्रास्टक्चर र सानिमा माई हाइड्रोपावर क्रमशः दोस्रो र तेस्रो स्थानमा आए।
प्रतिक्रिया