वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सृजनशील लघुवित्तको नाफा ५७ लाख, एनपीएल ४.प्रतिशत नाघ्यो

अर्थलगानी
२०८० जेष्ठ २५, बिहीबार

काठमाडौँ। सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्ष २०७९–८० को तेस्रो त्रैमाससम्म आउँदा ५७ लाख नाफामा देखिएको छ।

संस्थाले आज सार्वजनीक गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिसम्ममा ५७ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको छ। यद्यपी यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने कमी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा आउँदा कम्पनी ४ करोड ५ लाख १४ हजार नाफामा थियो।

चालु आर्थिीक वर्षको तेस्रो त्रैमास अर्थात २०७९ पुस देखि चैतसम्ममा मात्रै संस्थाले १ करोड ७ लाख ६६ हजार घाटा व्यहोर्नु परेको छ।

संस्थाको लोन लस प्रोभिजन बढ्दा नाफामा कमि आएको देखिन्छ। कुल खराब कर्जा(एनपीएल)को ११७.५० प्रतिशत प्रोभिजन गर्दा पनि कुल कर्जामा एनपीएल दर ४.०४ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा एनपीएलको १५८ प्रतिशत प्राभिजन गर्दा पनि एनपीएल दर कुल कर्जाको मात्रै २.१८ रहेको थियो।

सार्वजनीक वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी ७.०७, मूल्य आम्दानी १८०.३३ र प्रतिशेयर नेटवर्थ २३०.८२ रहेको छ। पछिल्लो त्रैमासमा बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता समस्याले लक्ष्य अनुसारको कर्जा लगानी तथा सञ्चालनमा समस्या भएको संस्थाले जनाएको छ। त्यस्तै कर्जा सापटी तथा बचतमा उच्च ब्याजदर वृद्धि हुनु, एउटै सदस्यलाई कर्जाको भार धेरै भई सदस्यहरु पलायन हुँदा असुलीमा समस्या हुनु, व्यवस्थापन खर्चमा वृद्धि हुनु, तथा लघुवित्त वित्तीय संस्था विरुद्धमा सामुहिक संठनहरुले गलत प्रचार गर्दा नियमित केन्द्र सञ्चालमा समस्या हुँदा असुलि रोकिनु जस्ता चुनौतिहरुको विचरमा लघुवित्त रहको संस्थाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्ष २०७९–८० को तेस्रो त्रैमाससम्म आउँदा ५७ लाख नाफामा देखिएको छ। संस्थाले आज सार्वजनीक गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिसम्ममा ५७ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको छ। यद्यपी यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने कमी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा आउँदा कम्पनी ४ करोड ५ लाख १४ हजार नाफामा थियो। चालु आर्थिीक वर्षको तेस्रो त्रैमास अर्थात २०७९ पुस देखि चैतसम्ममा मात्रै संस्थाले १ करोड ७ लाख ६६ हजार घाटा व्यहोर्नु परेको छ। संस्थाको लोन लस प्रोभिजन बढ्दा नाफामा कमि आएको देखिन्छ। कुल खराब कर्जा(एनपीएल)को ११७.५० प्रतिशत प्रोभिजन गर्दा पनि कुल कर्जामा एनपीएल दर ४.०४ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा एनपीएलको १५८ प्रतिशत प्राभिजन गर्दा पनि एनपीएल दर कुल कर्जाको मात्रै २.१८ रहेको थियो। सार्वजनीक वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी ७.०७, मूल्य आम्दानी १८०.३३ र प्रतिशेयर नेटवर्थ २३०.८२ रहेको छ। पछिल्लो त्रैमासमा बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता समस्याले लक्ष्य अनुसारको कर्जा लगानी तथा सञ्चालनमा समस्या भएको संस्थाले जनाएको छ। त्यस्तै कर्जा सापटी तथा बचतमा उच्च ब्याजदर वृद्धि हुनु, एउटै सदस्यलाई कर्जाको भार धेरै भई सदस्यहरु पलायन हुँदा असुलीमा समस्या हुनु, व्यवस्थापन खर्चमा वृद्धि हुनु, तथा लघुवित्त वित्तीय संस्था विरुद्धमा सामुहिक संठनहरुले गलत प्रचार गर्दा नियमित केन्द्र सञ्चालमा समस्या हुँदा असुलि रोकिनु जस्ता चुनौतिहरुको विचरमा लघुवित्त रहको संस्थाले जनाएको छ।