वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यी दुई कमपनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थलगानी
२०८१ श्रावण २३, बुधबार

काठमाडौँ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सूर्योदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज साउन २३ गते अन्तिम दिन हो। नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र १०.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। लाभांशको पारित गर्नको लागि साधारण सभा भदौ ७ गते नेसनल लाइफको भवन, लाजिम्पाटमा बिहान साढे १० बजे सुरु हुनेछ।

त्यस्तै, सूर्योदय वोमी लघुवित्तले १४ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । यसका लागि साधारण सभा साउन ३२ गते हुने छ जुन महालक्ष्मी नगरपालिका, लुभु ललितपुरमा दिउँसो १२ः३० बजे सुरु हुनेछ।

आजको दिनमा, नेपाल स्टक एक्चेन्जमा कारोबार गरिरहेका सेयरधनीहरूले मात्र साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी