वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लक्ष्मी लघुवित्तका अधिकांश वित्तीय सुचकमा सुधार, यस्तो रह्यो गत वर्ष

अर्थलगानी
२०८१ श्रावण २३, बुधबार

काठमाडौँ। लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण सार्वजनीक गरेको छ। संस्थाले गत आवको चौथो त्रैमाससम्ममा ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आवको सोही अवधिमा ६ करोड ५ लाख रुपैयाँ घाटामा थियो।

हेरौँ अन्य वित्तीय सूचकहरु,
खुद ब्याज आम्दानीः ४० करोड ३८ लाख रुपैयाँ, अघिल्लो आवको तुलनामा ५.४३ प्रतिशत वृद्धि।
खुद शुल्क तथा कमिशन आम्दानीः ७ करोड ४२ लाख रुपैयाँ, ६८.४९ प्रतिशत वृद्धि।
खुद सञ्चालन आम्दानीः ४६ करोड ६७ लाख रुपैयाँ, ५७.५२ प्रतिशत वृद्धि।
सञ्चालन मुनाफाः ७ करोड ६५ लाख रुपैयाँ।

खर्च र मुनाफा

संस्थाले कर्मचारी खर्च ३२ करोड ८८ लाख रुपैयाँबाट घटाएर ३१ करोड १० लाख रुपैयाँमा झारेको छ। यद्यपि, अन्य सञ्चालन खर्च ४ करोड २० लाखबाट बढेर ६ करोड ५३ लाख रुपैयाँ पुगेको छ।
सञ्चित मुनाफाः १ करोड ८६ लाख रुपैयाँ, ६.५९ प्रतिशत वृद्धि।
जगेडा कोषः २६ करोड ७७ लाख रुपैयाँ।

निक्षेप र कर्जा

निक्षेप संकलनः २ अर्ब ३२ करोड रुपैयाँबाट बढेर २ अर्ब ३७ करोड।
कर्जा प्रवाहः ५ अर्ब ८० करोडबाट बढेर ६ अर्ब ३३ करोड।

अन्य वित्तीय मापदण्ड

वितरणयोग्य मुनाफाः १ करोड ८६ लाख रुपैयाँ।
लाभांश क्षमताः ४.२२ प्रतिशत।
निष्कृय कर्जाः ८.३६ प्रतशितबाट घटेर ७.४३ प्रतिशत

समीक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी १२.११ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६४.८३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति १ हजार ५१३.४६ रुपैयाँ, तरलता अनुपात ४.९६ प्रतिशत र मूल्य आम्दानी अनुपात १०१.१० गुणा कायम भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी