काठमाडौँ। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले भव्य एक्सचेन्ज अफर सार्बजनिक गरेको छ। यस याजना अनुसार ग्राहकले जुनसुकै पनि ब्राण्डको मोबाईल आफुले चलाईरहेको वा पुरानो मोबाईल दिएर नयाँ ल्याउन सक्छन्।
साथै ग्राहकहरुले रेड्मी १२५ जी स्टार खरिद गर्न चाहेमा थप रु. १००० छुट पनि पाउने छन् । यस पहलका साथ शाओमीले ग्राहकहरूलाई आफ्नो इकोसिस्टममा सामेल हुन सहज र किफायती तरिका प्रदान गर्दै अत्याधुनिक प्रविधिलाई विशाल दर्शकहरू माझ पहुँच योग्य बनाउने लक्ष्य राखेको छ।
ग्राहकहरूलाई आफ्नो पुरानो स्मार्टफोनहरू साट्नका लागि सुनौलो अवसर प्रदानगर्दै शाओमीले इलेक्ट्रोनिक वस्सट घटाउने र दिगोपन प्रवर्द्धन गर्ने प्रतिबद्धता दर्साउँदछ।
एक्सचेन्ज अफरको बारेमाचर्चा गर्दै, शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पाण्डाले भने । “यो एक्सचेन्जअफर हाम्रा ग्राहकहरूमाझ ल्याएर ग्राहकहरूलाई अझ बढी किफायती मूल्यमा हाम्रा स्मार्टफोनहरूको .गुणस्तर र नवीनतम सुविधाहरू प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित छौँ । यसैबीच रेडमी १२३ जी स्टारको खरिदमाथप रु हजार छुट प्रदान गर्दै हामी हाम्रा ग्राहकहरूलाई शाओमी रोजेकोमा आभार व्यक्तगर्न चाहन्छौँ ।”
ग्राहकहरूले शाओमीको कुनै पनिआधिकारिक रिटेल स्टोरमागईट्रेड–इन प्रक्रिया सुरु गरेर सरल रूपमा नै एक्सचेन्जअफरको लाभलिन सक्नेछन् । ग्राहकहरूले“नयाँ पुरानो एक्सचेन्ज“मोबाइल एपबाट आफ्नोहालको फोनको अवस्थाजाँच गरी तत्कालमूल्याङ्कन गर्नसक्नेछन् । नयाँशाओमी, रेडमी वापोको स्मार्टफोनको मूल्यबाटमूल्याङ्कन रकमघटाएरअपग्रेड गर्न खोज्ने टेक इन्थुसिअस्तहरुकालागि यो अफर अझै आकर्षक बन्दछ।
प्रतिक्रिया