काठमाडौं। नेपाली शेयर बजारले सोमबार नयाँ रेकर्ड कायम गर्दै २७ अर्ब २४ करोड रुपैयाँको कारोबार गरेको छ। नेप्से सूचक पनि ७०.८१ अंकले बढेर २९३१.६५ अंकमा पुगेको छ, जसले २९ सय अंकको सीमा सजिलै पार गरेको हो।
बजारमा बिक्रेताभन्दा क्रेताहरुको संख्या बढेपछि कारोबार रकम र सूचकले नयाँ उचाइ हासिल गरेको छ। ३३९ कम्पनीको ६ करोड ४८ लाख भन्दा बढी कित्ता शेयर किनबेच भएको छ, जहाँ हिमालयन रिइन्सुरेन्स, शिवम् सिमेन्ट्स, र नेपाल फाइनान्स अग्रस्थानमा रहेका छन्।
सबै उपसमूहका सूचकहरु पनि हरियालीमा देखिएका छन्, विशेष गरी बैंकिङ, विकास बैंक, र फाइनान्स समूहमा उल्लेख्य वृद्धि भएको हो।आज १२ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज १७१ कम्पनीको शेयर मूल्य बढ्दा ६८ कम्पनीको शेयर मूल्य घटेको छ ।
प्रतिक्रिया